थप ११९ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९ सय १५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ सय १५ छ । यस्तै, ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । आइतबारसम्म नेपालमा २० लाख ९३ हजार ४ सय १७ पीसीआर परीक्षण भएका छन् ।

त्यसैगरी २४ घण्टामा २६० जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार ३८ जनाको मृत्यु भइसकेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार