थप १२२ जनामा संक्रमण,१को मृत्यु

काठमाडौँ । सोमबार थप १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको छ ।

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । नेपालमा अहिले १ हजार ५ सय ८१ सक्रिय केस रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४१ नमुनाको पीसीआर परीक्षण भएको छ । अहिलेसम्म देशभर २१ लाख १२ हजार ५ सय ९१ नमुनाको पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना पुष्टि भएकामध्ये २ लाख ६९ हजार २ सय ४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा उपत्यकामा थप ७३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये काठमाडौंमा ६०, ललितपुरमा १० र भक्तपुरमा ३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै उपत्यकामा संक्रमितको संख्या १ लाख २७ हजार ६ सय ५ पुगेको छ । काठमाडौंमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०२ छ भने ललितपुर र भक्तपुरमा क्रमशस् १६३ र ११५ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार