थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

 

काठमाडौँ । सोमबार थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७० पुगेको छ । नेपालमा १ हजार ६२१ सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा थप ६० जनामा संक्रमण भएको छ। त्यसमध्ये काठमाडौंका ४५, भक्तपुरका ६ र ललितपुरका ९ जना छन्।

पछिल्लो २४ घण्टामा थप ९१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ रहेको छ । अहिलेसम्म देशभर २१ लाख २७ हजार ७८९ नमुनाको पीसीआर परीक्षण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार