थप १३० जनामा कोरोना संक्रमण पुष्टि, ७ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।

 

त्यसैगरी २४ घण्टामा १९४ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ ।नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार ४५ जनाको मृत्यु भइसकेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार