थप ९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । सोमबार थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार २ सय ६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय १४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ रहेको छ ।

पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । मृत्यु भएका ३ जनासँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार