दश बर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

बेनी । दश बर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले ४० बर्षिय शिक्षक पक्राउ गरेको छ । भारतको दार्जिलिङ घर भई हाल म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङमा बस्दै आएका ४० बर्षिय प्रकाश लामालाई बालिका माथि यौनजन्य दुव्र्यवहार र  अनैतिक कार्य गरेको आराेपमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बालिकाले घरमा गुनासो गरेपछि परिवारले माघ २७ गते प्रहरीमा उजुरी दिएको आधारमा लामालाई पक्राउ गरिएको जिप्रका म्याग्दीका सुचना अधिकारी तथा प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार लामाले माघ २४ मा दश बर्षिया बालिकालाई ललाई फकाई यौजन्य दुव्र्यवहार गर्न खोजेका थिए ।

पक्राउ परेका लामा दरबाङ स्थित दरवाङ इङलिस बोर्डिङ स्कुलका शिक्षक हुन् । दुव्र्यवहार तथा अनैतिक कार्य सम्बन्धमा अनुसन्धान भइरहेको सुचना अधिकारी चौधरीले बताउनुभयो । जिल्ला अदालत म्याग्दीबाट ८ दिनको म्याद लिएर अनुसन्धानका लागि उनलाई हिरासतमा राखिएको छ । घटनाको करिब दश दिनपछि मात्रै सार्वजनिक भएको हो । र्इलाका प्रहरी कार्यालय दरवाङको टोलीले लामालाई नियन्त्रणमा लिएर बेनी स्थित जिल्ला प्रहरी कार्यालय पठाएको थियो ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार