नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा रघुगंगामा अगुवा कार्यकर्ता भेला (फोटो फिचर)

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले रघुगंगा गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम विहिवार सम्पन्न गरेको छ । नेकपा रघुगंगा गाउँपालिका कमिटीका सचिब हरि भण्डारीको अध्यक्षतामा भएको भेलालाई नेकपा म्याग्दीका अध्यक्ष एवम संविधान सभा सदस्य गोविन्द पौडेलले प्रधानमन्त्री ओली लामो संर्घष र बलिदानबाट प्राप्त उपलब्धीहरुलाई मास्नतर्फ लागीपरेको बताउनुभयो ।

????????????????????????????????????

उहाँले संविधानमा भएको व्यवस्थालाई लत्याएर ओलीले संसद विघटन गरेको र गैरसंवैधानिक तवरले संवैधानिक निकायमा नियुक्त गरेको बताउनुभयो । ‘‘ ओलीका प्रतिगामी कदमले २००७ सालदेखिको संघर्षबाट प्राप्त उपलब्धीहरु धरापमा परेका छन्, पार्टीको बैठकमा नजाने, कमिटीमा छलफलमा नबस्ने र एकलौटी ढंगले गैरसंवैधानिक तवरले संसद विघटन गर्ने कार्यलाई कुनैपनि दृष्टिकोणमा सहि मान्न सकिँदैन’’–पौडेलले भन्नुभयो ।

????????????????????????????????????

तत्कालिन एमाले र माओवादी केन्द्र विघटन गरि नेकपा गठन भैसकेकाले तत्कालिन दुबै पार्टीको अस्तीत्व नभएको र नेकपाको मुलु धारको नेतृत्व गरेका प्रचण्ड–नेपाल समूहसंग नै बहुमत रहेकाले निर्वाचन आयोगबाट समेत यहि समूहले आधिकारिकता पाउने पौडेलको दावि छ । भेलालाई नेकपा गण्डकी प्रदेश कमिटि सदस्य तथा प्रदेश सभा सदस्य विनोद केसी र प्रदेश कमिटि सदस्य टेक विश्वकर्माले ओली नेतृत्वको सरकारले संसदमा पेश गरेका कुनै पनि विद्येयक र नीति तथा कार्यक्रमलाई असफल नबनाएको कारण पार्टीले सरकारलाई असहयोग गरेको भन्नु हास्यास्पद रहेकोमा जोड दिनुभयो ।

????????????????????????????????????

भेलामा नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदी र रेशम जुग्गालीले मुलुकमा आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा ओलीले सिंगो कम्युनिष्ट आन्दोलन र पार्टीलाई घात गरि प्रतिगमनको बाटोमा लागेको टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा नेकपा म्याग्दीका जिल्ला सदस्य रिम कटुवाल, गुप्तबहादुर शाही, नरसिंह बहादुर पुन, यामकुमारी गर्वुजा निरोज शेरपुञ्जा लगायतले मन्तव्य राख्नुभएको थियो । निरज शेरपुञ्जाको स्वागत र झलक आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । भेलामा रघुगंगाका विभिन्न वडाबाट नेकपाका अगुवा कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

????????????????????????????????????
????????????????????????????????????

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार