पाल्पामा पुसदेखि हराएकी महिलाको शव सडेको अवस्थामा फेला

बुटवल । पाल्पामा आज एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ । जिल्लाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा तानसेन नगरपालिका–८ बस्ने वर्ष ७७ कि हिराकुमारी चिदिको शव फेला परेको प्रहरीले जनाएको छ ।

महिलाको शव सडेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । उनी पुस ४ गतेदेखि हराइरहेकी थिइन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार