पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना

नयाँदिल्ली । स्वास्थ्य उपचारका लागि नयाँदिल्ली आउनुभएका पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना हुनुभएको छ । भट्टराईलाई मंगलबार दिल्लीको वसन्तकुञ्जस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको छ ।

सोमबार अस्पतालका वरिष्ठ चिकित्सक डा. विक्रम भाटियाले भट्टराईको प्रारम्भिक परीक्षण गर्नुभएको थियो । भट्टराईले यसअघि ललितपुरको निदान अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो । उपचारकै क्रममा भट्टराईलाई न्यूरो–इण्डोक्राइनमा ट्युमर पलाएको आशंका गरिएको छ ।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार नेपालमा त्यो ट्युमर घातक भएको वा नभएको नखुलेपछि निदानका चिकित्सक डा. निरज जोशीले नै भट्टराईलाई उपचारका लागि चाँडोभन्दा चाँडो दिल्ली जान सुझाउनुभएको हो। भट्टराईको मंगलबार दिनभरि नै स्वास्थ्य परीक्षण हुनेछ ।लामो समयदेखि पेटको समस्या पीडित भट्टराई थप उपचारका लागि आइतबार नयाँदिल्ली आएका हुन् । उहाँको साथमा श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे समेत हुनुहुन्छ ।उहाँहरु सबै जना दिल्लीस्थित नेपाली दूतावासमै बसेका बस्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार