पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रचण्ड–माधव पक्षको अनेरास्ववियूका विद्यार्थीहरुद्वारा प्रदर्शन

केशव गुरुङ
काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बृद्धिविरुद्ध नेकपा प्रचण्ड–माधव पक्षको अनेरास्ववियूका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन ।

काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडी आज विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन । प्रदर्शनका क्रममा विद्यार्थीहरुले जुटको बोरामा आगो लगाउँदै चर्को नाराबाजी गरेका थिए ।

प्रहरीले आगो निभाउन खोज्दा प्रहरी र बिद्यार्थीहरुबीच केही बेर धकेलाधकेल चलेको थियो । स्थिति तनावपूर्ण बन्दा प्रदर्शनी मार्ग हुँदै चल्ने सवारी साधानहरु केही बेर प्रभावित भएका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार