प्रतिगमनबिरुद्ध कोरियामा प्रदर्शन

राजु श्री

कोरिया । नेकपाको प्रचण्ड–माधव समुहनिकट प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाले कोरियाको बुसान शहरमा प्रतिगमनबिरुद्ध बिरोध कार्यक्रम आयोजना गरेको छ । फागुन १ गतेका दिन बुसान क्षेत्रले २६ औँ ऐतिहासिक जनयुद्द दिवसको उपलक्ष्य पारेर शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको थियो ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निमित्त शाहादत दिने वीर शहीदहरुको सम्झना गर्दै शुरु भएको कार्यक्रम प्रतिगमनका बिरुद्ध र्याली निकालेर समापन भएको थियो ।

कार्यक्रमका सम्पूर्ण वक्ताहरुले जनयुद्धको जगमा स्थापित भएको पछिल्ला सम्पूर्ण राजनीतिक उपलब्धीहरुलाई हर हालतमा रक्षा गर्नु पर्ने धारणा राखेका थिए । गणतन्त्रका बिरोधिहरुले पूर्ण स्थापित भैनसकेको व्यवस्था नै मास्न खोजेकाले जुनसुकै मूल्य चुकाएर भए पनि आजका युवाहरुले यो व्यवस्था जोगाउन लाग्नु पर्ने सबैको साझा धारणा रहेको थियो ।

कार्यक्रममा संगठनका केन्द्रिय सदस्य तथा विभिन्न विभागका इन्चार्जसहित क्षेत्रीय कमिटीका सदस्यहरुको उपस्थित रहेको थियो । औपचारिक कार्यक्रम समापन पश्चात् नेपालीहरुको बाहुल्यता रहेको क्षेत्रमा कोरियाको नियम कानुनलाई मध्यनजर गर्दै असंवैधानिक कदमको बिरोधमा ब्यानर सहितबिरोध र्याली निकालिएको संगठनको अनुशासन विभाग संयोजक सन्तोष बरालले जानकारी दिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार