प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध म्याग्दी कांग्रेसको बृहत विरोध प्रदर्शन (फोटो फिचर )

बेनी ।प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधाकि कदम विरुद्धमा नेपाली कांग्रेस म्याग्दीले बृहत विरोध प्रदर्शन गरेको छ । संबिधानको मुल्य ,मर्म र भावना बिपरित आफ्नै बहुमत भएको प्रतिनिधिसभा बिघटन गर्नुभएका प्रधानमन्त्री शर्मा ओलीका विरुद्ध नपाली काँग्रेस म्याग्दीले सोमबार सदरमुकाम बेनी बजारमा बृहत बिरोध प्रर्दशन गरेको हो ।

बृहत विरोध सभालाई केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख इश्वरी न्यौपानेले सम्बोधन गर्नुभएको थियो । उहाँले प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रीक भएको बताउनुभयो । निर्मला पन्त, भागिरथी भट्ट लगायत चेलीहरुको बलात्कार र हत्यामा संलग्नहरुको पहिचान तथा कारबाही गर्न सरकार असफल भएको नेता न्यौपानेले बताउनुभयो ।

करिब दुई तिहाईको सरकारले संसद विघटन गरेर जनमतको अपमान गरेको आरोप लगाउनुभयो । नेता न्यौपानेले प्रधानमन्त्रीको तानाशाही शासन धेरै समय नटिक्ने बताउनुभयो ।प्रधानमन्त्रीले संसद र सिंहदरबारबाट भागेर बालुवाटारबाट देश चलाउने दुस्प्रयास गरेको नेता न्यौपानेको भनाई थियो ।

आफ्नो पार्टीभित्रको बिवाद ब्यवस्थापन गर्न नसकेर संसद बिघटन गरेका प्रधानमन्त्रीले असक्षमता प्रस्तुत र जनमतको अपमान गरेका बताउनुभयो । प्रतिनिधिसभाको बिषयमा सर्वोच्च अदालतले गर्ने निर्णय मान्नुपर्ने न्यौपानेको भनाई थियो । कार्यक्रममा नेपालीकांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’र पुर्व जिल्ला सभापति डाक्टर भुपेन्द्रबहादुर खड्काले प्रधानमन्त्रीले प्तिनिधिसभा विघटन गरेर देश र जनमत माथि अपमान गरेकाले त्यसको विरुद्ध कांग्रेस सडकमा आउनुपरेको बताउनुभयो । उहाँहरुले सरकार संविधानको हत्या गर्न लागि परेको समेत आरोप लगाउनुभयो ।

यसैगरी ,कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष एवं तरुणदल म्याग्दीका उपाध्यक्ष श्रीप्रसाद रोका मगर , दलित संघका त्रिलोकचन्द्र बिक , अन्नपुर्ण गाउँपालिका कार्यसमितिका सभापति लेप्टेन बेल बहादुर पुर्जा ,नेपाल महिला संघका सभापति बिमला गौचन, प्रदेश निर्वाचन क्षेत्र ख का सचिव श्रीराम पौडेल लगायतले महामारीमा पनि सरकारले औषधी खरिदमा भ्रष्ट्राचार गरेको बताउनुभयो ।

 

नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजाको अध्यक्षता, उपसभापति माधवप्रसाद रेग्मीले स्वागत र सहसचिव भरत रकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रमलाई बर्षाले प्रभावित बनाएको थियो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको ¥याली न्युरोड, क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुदै सोही ठाउँमा पुगेर सभामा परिणत भएको थियो ।

प्रर्दशन र सभामा सहभागि हुन सदरमुकाम आसपासका साथै गाउँ गाउँबाट पनि नेता कार्यकर्ताहरु बेनीमा आएका छन् । उनिहरुले प्रधानमन्त्री ओलीको संसद बिघटन गर्ने कदम गलत र असंबैधानिक भएको, देशमा राजनीतिक अस्थिरता निम्ताएको, महँगो र भ्रष्ट्राचार नियन्त्रणमा बेवास्ता गरेको, बिकास निर्माणलाई उखान टुक्कामै सिमित बनाएको जस्ता नारा लगाएका छन् ।

सोमबारको बिरोध प्रर्दशनलाई म्याग्दीका काँग्रेसका नेताहरुले आफ्नो शक्ति प्रर्दशन भएको बताएका छन् । पुस ५ मा ओलीले संसद् विघटन गरेपछि त्यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको छ ।

तस्बिर : सुरेन गुरुङ /साधन राम्जाली 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

\

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार