बुटवलमा जिपको ठक्करवाट मोटरसाइकल चालकको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको जीतगढीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बुटवल उप–महानगरपालिका वडा नम्बर १२ जीतगढी स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु १ च ९०५० नं।को पिक–अप जीपले विपरीत दिशाबाट बुटवल तर्फ आईरहेको लु ४६ प ८१७६ नं।को मोटरसाईकल ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मी रुरू गाउँपालिका वडा नं। ७ का ५६ वर्षीय बाबुराम पन्थीको क्रममा मृत्यु भएको हो।रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार