बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२२ पाको न्यूरोड बस्ने ४४ वर्षीय सुरेश मानन्धरलाई बिहीबार प्रहरीले पक्राउ हो ।

बैंकिङ कसुरका २ वटा मुद्दामा उच्च अदालत पाटनको २०७७ मंसिर १५ गतेको फैसलाले क्रमशः २० दिन कैद र करिब ३० लाख रूपैयाँ जरिवाना तथा १५ दिन कैद र २६ लाख रुपैयाँ जरिवाना ठहर भइ फरार रहेका सुरेशलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले लतितपुरको झम्सीखेलमा छुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

सुरेशले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी लक्ष्मी बैंक लिमिटेड, शाखा कार्यालय हात्तिसार काठमाडौंमा भएको खाताबाट पीडितलाई रकम भुक्तान हुने गरी चेकहरु दिएकोमा बैंकिङ कसूरजन्य अपराध ठहर भएको थियो । सुरेशलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार