महिला लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन हो । संस्थाले माघ ३० गतेबाट ४ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नु पर्नेछ । यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा मार्फत आवेदन दिन सक्नेछन् । यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ ।

खुला गरिएको मध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ ।

बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन । यद्यपि आवेदन दिने समय बाँकी भएपनि यसमा माग भन्दा अत्यधिक आवेदन परिसकेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार