मुख्यमन्त्री भलिबल कप : महिला तर्फको उपाधी म्याग्दीलाई

कास्की । मुख्यमन्त्री प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी म्याग्दीले जितेको छ । म्याग्दीले कास्कीको पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा पर्वत माथि सोझो सेटको जित हात पार्दै सो उपाधी जित्न सफल भएको हो ।म्याग्दीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१७ ले आफ्नो आफ्नो पक्षमा पार्‍यो ।

प्रतियोगिताको विजेता बनेको म्याग्दीले २ लाख प्राप्त गर्दा उपविजेता बनेको पर्वतले १ लाखमा चित्त बुझायो ।तेस्रो बनेको तनहुँले ५० हजार प्राप्त गरेको छ ।कास्की जिल्ला भलिबल संघको आयोजनामा फागुन ४ देखी सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाको सहभागिता थियो । प्रतियोगिताको महिलातर्फ म्याग्दीका अरुणा शाही सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । म्याग्दीलाई प्रतियोगिताको उपाधि दिलाउन अरुणाले उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो।

महिलातर्फ तनहुँकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, पर्वतकी हिरा केसी उत्कृष्ट ब्लकर, म्याग्दीकी कमला पुन उत्कृष्ट सर्भर, तनहुँकी बबिसरा राना उत्कृष्ट सेटर, कास्कीकी अंशु थापा उत्कृष्ट लिब्रो र म्याग्दीका तेजेन्द्र बानियाँ क्षेत्री उत्कृष्ट प्रशिक्षक घोषित हुनुभएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार