म्याग्दीमा प्रथम सहिद लखन थापा मगरको १४४ औं स्मृती दिवस मनाइयो

बेनी । म्याग्दीमा नेपालका प्रथम सहिद लखन थापा मगरको १४४ औं स्मृती दिवस मनाइएको छ । नेपाल मगर विद्यार्थी संघ ,जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा बेनीको विरेन्द्र चोकमा दिप प्रज्वलन गरेर स्मृती दिवस मनाइएको नेपाल मगर विद्यार्थी संघ,गण्डकी प्रदेश सचिव एवं जिल्ला सचिव समिर रोका मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समिती म्याग्दीकी कोषाध्यक्ष बिष्णु रोका, नेपाल मगर संघ जिल्ला समन्वय समितीका सचिवालय सदस्य तथा नेपाल मगर संघ बेनपा ७ इकाई कमिटीका अध्यक्ष रमेश फगामी लगायत विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

यसैगरी ,आइतबार थापा मगरको जन्मस्थल गोरखाको सहिद लखन गाउँपालिका ८ बुङ्कोट सहित देशभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइएको छ ।जहानियाँ राणा शासनविरुद्ध आन्दोलन चलाएको भन्दै थापालाई १९३३ साल फागुन २ गते गोरखाको बुङ्कोटमा खिर्राको रुखमा झुन्ड्याएर हत्या गरिएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार