म्याग्दीमा बिरामी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

बेनी ।म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ बिरामी बोकेर पोखरातर्फ जाँदै गरेको बलेरो जीप दुर्घटनामा परेको छ । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४, तातोपानीको फाँपरखेत पहिरो नजिकै बिहिबार राती ग १ ज ६७८८ नम्बरकाे बोलेरो जीप दुर्घटना भएको हो । दुर्घटना हुँदा जिपमा सवार चालक सहित पाँच जना मध्ये एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नम्बर ३ का ६२ बर्षिय गोविन्द रोका मगर रहनुभएको छ । यसैगरी, घाइते हुनेमा मालिका–३ की ३० बर्षिया रेजुना रोका मगर ,मालिका –३ का ३८ बर्षिय खगेन्द्र रोका मगर ,सोही मालिका–३ का २९ बर्षिय रविन्द्र रोका मगर र मालिका –१ का चालक अन्दाजी ३२ का नरबहादुर सिउथानी रहेका जिल्ला प्रहरी कार्यालय ,म्याग्दीका प्रहरी निरिक्षक रविन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिप सडकको घुम्तीदेखी करिब ५० मिटर तल खोला किनारमा खसेको थियो । दुर्घटनामा गम्भीर घाइते स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि बेनी अस्पताल ल्याइएको थियो । गम्भीर घाइते गोविन्दलाई अस्पतालले मृत घोषणा गरेको हो ।  घाइते चालकको खुट्टाको गोडामा गहिरो चोट लागेकोले थप उपचारका लागि पोखरा रिफर गर्ने तयारी रहेको  छ । अन्यको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।तस्बिर ; कुमार केसी 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार