युवतीलाई अपहरण गरेर बलात्कार प्रयास गर्ने फरार आरोपी पक्राउ

काठमाडौं । युवतीलाई अपहरण गरेर बलात्कार प्रयास गरेको आरोपमा फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ गलकोट नगरपालिका–३ घर भएका ३४ बर्षिय दीपक गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९एसपी० रमेश बस्नेतले रातोपाटीलाई बताए ।

पुस ५ मा दीपकले २० वर्षीया युवतीलाई काठमाडौं महानगरपलिका–३२ कोटेश्वरबाट अपहरण गरेर टोखामा लगेका थिए । त्यहाँको सत्यदेवी गेस्ट हाउसमा बन्धक बनाएर उनले बलात्कार प्रयास गरेको पीडित युवतीले महानगरीय प्रहरी परिसर काठमाडौंका उजुर गरेकी थिइन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गोंगवुबाट पक्राउ गरेको एसपी बस्नेतले बताए । जबर्जस्ती करणी उद्योग र अपहरण मुद्धामा अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार