रुरु जलविद्युतले फागुन ७ देखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । रुरु जलविद्युत परियोजनाले आईपीओ जारी गर्ने भएको छ । फागुन ७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्ने कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित गुल्मी जिल्लाका स्थानीयलाई ४ लाख ७ हजार ७ सय ५ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

यसमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको समयमा सबै सेयर बिक्री नभएमा चैत ८ गतेसम्म आवेदन दिने समय थप हुनेछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न पाउँनेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

स्थानीयले गुल्मी जिल्लामा रहेका शाइन रेसुंगा र गरिमा विकास बैंक तथा ग्लोबल आइएमई बैंकको शाखाबाट आइपीओ भर्न पाउने व्यवस्था गरिएको छ । रुरुले स्थानीयका लागि जारी पुँजीको १० प्रतिशत सेयर निष्कासन गरेको हो । इक्रा नेपालले रुरु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको जनाउँछ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार