रौतहटमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु ,७ घाइते

रौतहट । रौतहटमा ट्र्याक्टर दुर्घटना हुँदा एकजना वृद्धाको मृत्यु भएको छ भने ट्र्याक्टरमा सवार ७ महिला घाइते भएका छन्। मृत्यु हुनेमा ट्र्याक्टरमा सवार चन्द्रपुर–९ चेतनगर बस्ने ६५ वर्षीया कलावती चौधरी छिन्।

बिहीबार संग्रामपुरबाट मोथियाही गाउँमा आउँदै गरेको ना ७ त १३२५ नम्बरको ट्र्याक्टर दुर्घटना भएको थियो । चन्द्रपुर–१० पडहरिया चोक नजिक ट्र्याक्टर सडकबाट तल खसेर दुर्घटना हुँदा घाइते भएकी कलावतीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामीछानेले बताएका छन्।

दुर्घटनामा घाइते अन्य ७ जनाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । संग्रामपुरबाट चन्द्रपुर नगरपालिका–६ स्थित मोथियाहीमा विवाहपछि ढोगभेट फुकाउन आएका महिलाहरु दुर्घटनामा परेका हुन् । ट्र्याक्टर सडकबाट तल पल्टिएर दुर्घटना भए लगत्तै चालक फरार छन् । फरार चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।रातोपातीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार