रौतहटमा हत्याको आशंकामा एक जना पक्राउ

रौतहट । गत मंसिरमा हत्या गरी फालिएका एक जना कलाकारको हत्याको आशंकामा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंसिर १४ मा हत्या गरी फालिएको अवस्थामा फेला परेका माधव नारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा टोलका ४५ वर्षीय दशैं रामको हत्या गरेको आशंकामा रौतहट प्रहरीले माधव नारायण नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय रामु मुखिया बिनलाई पक्राउ गरेको हो ।

कलाकार रामको हत्या भएको समयदेखि लुकीछिपी भारत र नेपालको सिमा क्षेत्रका विभिन्न गाउँहरुमा बसिरहेको मुखिया बिनलाई रौतहट प्रहरीले कटहरिया बजारबाट नियन्त्रणमा लिएको हो । कलाकार रामको हत्या गरिएको आशंका पक्राउ परेका बिनलाई रौतहट प्रहरीले आइतबार जिल्ला अदालत गौरमा पेश गरी दश दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

मंसिर १४ गते राति कलाकार राम र बिन बाहिरबाट घर आइपुगेको र मिठुअबाबाट मानपुर एक्लै जान राति डर लागेकोले पु¥याइदिन भनेपछि बिनलाई पु¥याउन राम गएको र त्यसपछि नफर्केको परिवारजनको भनाइ रहेको अनुसन्धानको क्रममा देखिएको थियो । बिनलाई पु¥याउन गएको राम घर नफर्केपछि खोजी गर्दै जाँदा कलाकार रामको शव बाँसघारीमा भेटिएको थियो ।

कलाकार रामको हत्या भएको र हत्यारा पत्ता लगाउन कठिन भइरहेको सन्दर्भमा घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका बिनमाथि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । nagariknews.nagariknetwork बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार