सातसय बगाले थापा समाजको अध्यक्षमा पुन: थापा चयन

बागलुङ । सातसय बगाले थापा समाज गलकोट नगरपालिका –७ मल्म बागलुङको १८ औं साधारण सभा तथा ५ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले पुन: दल बहादुर थापाको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा छुम बहादुर थापा, धनश्याम थापा, सचिवमा टोप बहादुर थापा, सह–सचिवमा शेर बहादुर थापा, कोषाध्यक्षमा अम्मर बहादुर थापा र सह-कोषाध्यक्षमा बाबुराम थापा रहेका छन ।

सदस्यहरुमा खिम बहादुर थापा, डिल बहादुर थापा, बेलुकाजी थापा, मीन बहादुर थापा, थुमा थापा र टिका कुमारी थापा रहेका छन ।अधिवेशनले वैकल्पिक सदस्यहरुमा कृष्ण बहादुर थापा, चन्द्र बहादुर थापा, भोज कुमारी थापा र भीम बहादुर थापा चयन गरेको छ ।

त्यस्तै बगाले थापा समाजको केन्द्रिय प्रतिनिधिमा थम्मन थापा सन्देश, दल थापा र हुम बहादुर थापा रहेका छन । सो अवसरमा दल बहादुर थापा संयोजक रहेको सल्लाहकार समितिमा ५ सदस्यीय टीका बहादुर थापा, गंगा बहादुर थापा, ज्ञान बहादुर थापा र लोक बहादुर थापा चयन गरिएको बताइएको छ । यता लेखा समिति संयोजकमा राज बहादुर थापा, केहरसिंह थापा र सदस्य झम बहादुर थापा रहेका छन ।समाजले विभिन्न उपसमिति समेत गठन गरेको छ जस अन्तर्गत भुपु सैनिक समिति, कृषि समिति, महिला समिति, युवा समिति, विपत व्यवस्थापन समिति रहेको छ ।

समाजका संरक्षक तथा गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रध्यापक डाक्टर दिन बहादुर थापा र क्याम्पसका लेखापाल तथा बुद्धिजीवी हुम बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । वार्षिक साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन सचिव टोप बहादुर थापा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अम्मर बहादुर थापाले प्रस्तुत गरेका थिए भनें विभिन्न विधामा सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार