साताको अन्तिम कारोबारमा नेप्सेमा गिरावट

काठमाडौं । नेप्से परिसूचक १६.११ अंकले घटेर २५२६.९२ विन्दुमा अडिएको छ । साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको बजारमा ८ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज १ करोड ६० लाख ५८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो ।

बैंकिङ समूह, विकास बैंक तथा म्यूचुअल फण्ड बाहेक सबै समुहमा गिरावट आएको छ । विकास बैंक समुह २०.१४ अंकले बढेको छ भने बैकिङ समुह १०।७९ अंकले बढेको छ । म्यूचुअल फण्ड ०.३ अंकले बढेको छ ।

खरिदबिक्री रकममा डिप्रोक्स लघुवित्त अगाडी छ । यसको ५६ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर खरिदबक्रि भएको हो । नबिल बैंक दोस्रो स्थानमा छ भने र कुमारी बैंक तेस्रो स्थानमा परेको छ । कारोबार अवधिमा नेप्सेले माथि उक्लिने प्रयास गरेपनि अन्तत बिक्रीकर्ताको चाप बढी भएको कारण उक्लिन सकेन । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार