स्रोत नखुल्ने २५ लाख रकमसहित दुई भारतीय नागरिक पक्राउ

बारा । स्रोत नखुलेको २५ लाख ३५ हजार रकमसहित दुई भारतीयलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया–७ का चन्द्रशेखर प्रसाद र सञ्जय कुमार रहेको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताए ।

बुधबार कलैया–मटिअर्वा सडकखण्डअन्तर्गत पर्ने कलैया उपमहानगरपालिका–८ बरेवा टोलबाट प्रहरीले सवारीसाधन चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको शाहीले बताए । भारतबाट कलैयातर्फ आउँदै गरेको बिआर ०५के०७९८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनीहरूले राखेको उक्त रकम बरामद गरिएको शाहीको भनाइ छ ।

पक्राउ परेका चन्द्रशेखर प्रसाद र सञ्जय कुमारले शरीर तथा मोटरसाइकलको डिक्कीमा लुकाइराखेको हजार दरको १ हजार ७ सय ७२ थान १७ लाख ७२ हजार र ५ सय दरको १५ सय २६ थान ७ लाख ६३ हजार गरी नेपाली रुपैयाँ २५ लाख ३५ हजार बरामद गरिएको उनले बताए ।

मोटरसाइकलसहित रकम बरामद गरिएपछि त्यसबारे सोधपुछ गर्दा निजहरूले स्रोत नखुलाउन नसकेको र रकम ओसारपसार गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि थप काराबाहीका लागि सम्पत्ति शुद्धीकारण विभागमा पठाउने तयारी गरिएको उनले बताए । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार