१२५ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ । नेपालमा १ हजार ५२९ सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा थप ९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ९ सय ६६ रहेको छ ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ रहेको छ ।हालसम्म देशभर २१ लाख ४३ हजार ३१५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६६ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार