१ किलो नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठग्ने समूहका ६ जना पक्राउ

काठमाडौं । नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत माघ ११ गते ताहाचाल बस्दै आएका एक व्यक्तिलाई १ किलो नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । सो आधारमा महानगरीय अपराध महाशाखाले गरेको अनुसन्धानपछि ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे घर भइ काठमाडौंको बालाजु बस्ने सन्त बहादुर लामा, नुवाकोट घर भइ तारकेश्वरको शान्तिटोल बस्ने ऋषमान घले, जेरी तामाङ, र मेख तामाङ, झापा घर भइ ताहाचल बस्ने अभय कुमार चौधरी तथा नुवाकोट घर भइ जरङगु बस्ने राज तामाङ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट बस्ने ९ लाख ५० हजारका साथै मोटरसाइकल २ थान र मोबाइल ५ थान बरामद गरेको छ ।रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार