३९ औं मगर स्थापना दिवसमा बालगृहलाई खाद्यान्न सहयोग (तस्बिर सहित)

म्याग्दी । नेपाल मगर संघको स्थापना दिवसमा मगर संघ ,म्याग्दीले बेनी स्थित बालगृहलाई खाद्यान्न सहयोग गरेको छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३९ औं स्थापना दिवस तथा एकता दिवसको अवसरमा शनिबार नेपाल मगर संघ म्याग्दीले नेपाल बाल संगठन म्याग्दीद्धारा संचालित बालगृहमा बस्ने बालबालिकाहरुको लागि ३० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको हो।

संघकी अध्यक्ष डकमाया पाईजा लगायतले संगठनका अध्यक्ष राजेश शाक्यलाई सो खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । चामल, तेल, दाल, चाउचाउ लगायतको सामाग्री सहयोग गरेका छन् ।

संघकी अध्यक्ष पाईजाले स्थापना दिवसमा बालगृहलाई सहयोग गरिएको बताउँनुहुँदै आगामी दिनहरुमा बालगहृमा संघबाट अन्य सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैगरी ,उहाँले गत बर्ष पनि मगर संघले बेनी अस्पतालमा विरामीहरुलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको जानकारी दिनुभयो ।

कार्यक्रममा संगठनका अध्यक्ष शाक्यले सहयोगप्रति मगर संघलाई धन्यवाद व्यक्त गर्नुभयो । संघकी अध्यक्ष पाईजाको अध्यक्षता, उपाध्यक्ष लोकेश पुनमगरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सचिव खम थापा मगर गर्नुभएको थियो । वि.सं. २०३९ साल फागुन १५–१६ गते तनहुँको दमौलीमा सम्पन्न पहिलो महाधिवेनबाट हेम बहादुर पुन मगरको अध्यक्षतामा नेपाल मगरको संघको स्थापना भएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार