८१ जना कोरोना संक्रमित थपिए , २ को मृत्यु

काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । संक्रमित मध्ये ४६ पुरुष र ३५ महिला रहेका छन् ।नेपालमा ९ सय ६७ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ६२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ३ सय २५ रहेको छ ।यसैगरी पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७३ रहेको छ ।हालसम्म देशभर २१ लाख ६० हजार ४ सय ४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६२ जना रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार