तस्बिर मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष रघुगंगा गाउँपालिका राष्ट्रिय

चिमखोलामा खेलमैदान निर्माण,पुर्वमन्त्री थापाद्धारा उद्घाटन

म्याग्दी।म्याग्दीको रघुगंगा गाउँपालिका– ७, चिमखोला स्थित धमाखुमा खेलमैदान निर्माण गरिएको छ । चालु आर्थिक बर्षमा संघिय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख र स्थानीयहरुको आर्थिक सहयोग र जनश्रमदानबाट घेराबार, शौचालयसहित ब्यवस्थित खेलमैदान निर्माण गरिएको हो ।

भुमे पुजाको अवसरमा मण्डली युवा क्लव चिमखोलाको आयोजना गरेको भुमेपुजा मेलाको अवसरमा सो खेलमैदानको बुधबार संघिय सांसद एवं पुर्वमन्त्री थममाया थापाले उद्घाटन गर्नुभयो ।ढलानसहितको खेलमैदानसंगै घेराबार, स्टेज, शौचालय र टहरा लगायतको पुर्वाधार संघ र प्रदेशका सांसद र स्थानीयहरुको सहयोग तथा जनश्रमदानबाट निर्माण भएको मण्डली युवा क्लवका सचिव भिम थापा मगरले जानकारी दिनुभयो । स्टेजसहितको खेलमैदान निर्माणले बास्केटबल, भलिबल लगायतको खेलकुद तथा साँस्कृतिक कार्यक्रम संचालन गर्न सहज भएको क्लवका सचिव थापाले बताउनुभयो ।

उहाँका अनुसार ,चालु आर्थिक बर्षमा रघुगंगा गाउँपालिकाले शौचालय तथा टहरा निर्माणमा ४ लाख ७५ हजार र स्थानीयको १ लाखको जनश्रमदानसहित ५ लाख ७५ हजारमा निर्माण गरिएको हो । वडा अध्यक्ष दुर्गाप्रसाद पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले म्याग्दीका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायत स्थानीय समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

संघ र प्रदेश रगाउँपालिकाबाट बजेट विनियोजन, स्थानीयको जनश्रमदान र आर्थिक संकलनबाट ८ वटै वडामा बास्केटबल र भलिबल लगायतको कार्यक्रम गर्न मिल्ने ढलानसहितको पक्की खेलमैदान निर्माणा गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । भुमे पुजाको अवसरमा टोपा नाच,थाली नाच, जुरेचल्ला र सर्मजाले र कलस जुधाउने देखाउनुको साथै ऐतिहासिक सेदो र भैच साईलाे लगायत गितहरु पनि गाइएको थियो ।मेलामा स्थानीय सांस्कृतिक तथा विभिन्न खेलकुदका कार्यक्रमहरु संचालन हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

thumbnail

घुम्टेको काख मल्ममा ऐतिहाँसिक होली मेला

बागलुङ ।होली पूर्णिमाको अवसरमा घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको ३६ औ बार्षिक उत्सव तथा होली मेला सम्पन्न भएको छ । आइतबार होली मेलाको समापन समारोहलाई सम्वोधन गदै प्रमुख अतिथि…

thumbnail

रुम र डाँडागाउँको पात्लेबाट लागु औषध गाँजा सहित पक्राउ परेका दुई जना सार्वजनिक (तस्बिर /भिडिओ सहित)

बेनी । म्याग्दीकोे मालिका गाउँपालिका ३ बाट प्रहरीले लागु औषध गाँजा सहित एक व्यक्तीलाई पक्राउ गरेको छ । १७ गते ईलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको प्रहरीको टोलीले…

thumbnail

जिसस म्याग्दीको पाँचौ जिल्ला सभा ,पालिका र वडा थप्ने निर्णय (तस्बिर सहित)

म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभा सम्पन्न भएको छ । शुक्रबार बेनीमा सम्पन्न जिल्ला सभाले गत आर्थिक बर्षमा भएका गतिबिधि समेटिएको प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको बजेट स्विकृत गर्नुका…