मालिका गाउँपालिका म्याग्दी राष्ट्रिय शिक्षा समाचार समाज

नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा खत्री चयन

बेनी । नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री चयन हुनुभएको छ । आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित दुर्गाराम सुबेदी दिर्घकालिन सेवा निवृत्त भएपछि उपाध्यक्षका रुपमा कार्यरत खत्रीलाई अध्यक्षमा चयन गरिएको संघले जनाएको छ । बेनीमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष सुबेदीले पद हस्तान्तरण गदैं म्याग्दी जिल्लामा शिक्षकको आन्दोलन र अभियानमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग र सहकार्य हुने प्रतिबद्धता जनाउनुभयो ।

खत्री जिल्लाको मालिका गाउँपालिका–६ दरबाङस्थित जनप्रिय माविमा अध्यापनरत हुनुहुन्छ । अध्यक्ष खत्रीले पेशागत हकहितका लागी संघमार्फत जिल्लामा महत्वपूर्ण भूमिका निर्वाह भएको बताउँदै आगामी दिनमा समेत शिक्षकलाई प्रोत्साहनका कार्यहरुलाई समेत थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।खत्रीले अन्य पेशागत संघसंस्थासँग मुद्धाका आधारमा सहकार्य गर्ने तथा शिक्षकलाई प्रोत्साहन सहित अभिनन्दनका कार्यक्रमहरुलाई निरन्तरता दिने समेत बताउनुभयो ।

सम्बन्धित समाचार

thumbnail

दरबाङमा शैक्षिक परामर्श कार्यक्रम(तस्विर सहित )

बेनी । म्याग्दीको दरबाङमा शनिबार अष्टे«लिया लगायत विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक परामर्श सेवा प्रदायक अष्टे«लियन एजुकेशन कन्सल्टेन्सीको आयोजना…

thumbnail

प्रथम मालिका महोत्सव स्थगित

म्याग्दी ।प्रथम मालिका महोत्सव अनिश्चितकालका लागि स्थगित हुने भएको छ ।म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा यही चैत २७ गते देखि आयोजना हुने भनिएको प्रथम मालिका महोत्सव कोरोना भाइरसको दोस्रो…

thumbnail

प्रथम मालिका महोत्सव हुने

दरबाङ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६  दरवाङमा ऐतिहासिक प्रथम मालिका महोत्सव आयोजना हुनेभएको छ ।म्याग्दी उद्योग बाणिज्य संघ मालिका इकाई समिति, मालिका गाउँपालिका र युवा क्लवहरुको आयोजनामा चैत २७ देखि २०७८…