अपराध मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

भन्सार छलेर ल्याएको १६७ थान मोबाइलसहित एक पक्राउ

काठमाडौं । भन्सार छली ल्याएका १६७ थान मोबाइलसहित प्रहरीले काठमाडौंको गौराीघाटबाट एकजनालाई पक्राउ गरेको छ ।

भन्सार छलेर ल्याएका १२ लाख रुपैयाँ बराबरको मोबाइलसहित रामेछापको लिखु गाउँपालिका(६ घर भएका २६ वर्षीय मिलन श्रेष्ठलाई काठमाडौंको गौरीघाटस्थित उनकै डेराबाट सोमबार राति पक्राउ गरेको हो ।

भन्सार छली ल्याएका विभिन्न ब्राण्डका मोबाइल लुकाइराखेको भन्ने सूचनाका आधारमा प्रहरीले श्रेष्ठको डेरामा छापा मारेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै पैसा मागेको आरोपमा एक पक्राउ

काठमाडौं । प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणसँग पैसा मागेको आरोपमा प्रहरीले हेटौंडाबाट एकजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१ का ३० वर्षीय सन्जोग लामालाई प्रहरीले शनिबार पक्राउ गरेको हो । लामाले आफू…

thumbnail

लाहानका सुनचाँदी व्यवसायीको हत्या गर्ने दुईजना पक्राउ

जनकपुरधाम । लाहानका सुनचाँदी व्यवसायीको हत्या गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लाहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मालाई गए राति १२ बजे गोली हानी हत्या गरेका थिए । लाहान नगरपालिका ७…

thumbnail

सिरहा बम बिस्फोटमा संलग्न थप एकजना पक्राउ

लहान । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवकाटोल निवासी २० वर्षीय गुडु…