आगलागी पीडितलाई तत्काल राहत र पुनर्निर्माणको व्यवस्था गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३ दोभान बजारमा भएको आगलागी प्रति दुःख व्यक्त गरेका छन् । उनले यस्ता घटना दुःखद भएपनि पीडितलाई तत्कार राहत र पुनःस्थापनाको व्यवस्था सरकारले गर्ने घोषणा गरे । झापाको विर्तामोडमा निर्मित प्रदेश गौरव भिलेजको उद्घाटन गर्दै उनले उद्धारमा जुट्न प्रहरी प्रशासन र सथानीय जनप्रतिनिधिलाई आग्रह समेत गरे ।

उनले आगलागीबाट ५१ घर जलेको खबर आएको बताउँदै आगो निभाइएको जानकारी दिए । “आगो निभाइसकिएको छ, राहत उपलब्ध गराउने कुरा र पुनःनिर्माण गर्ने कुरामा सरकारले तत्कालबाट लाग्छ,” प्रधानमन्त्री ओलीले भने, “जनताको समस्या तत्कालबाट हल गर्छ । प्रदेश एकका मुख्यमन्त्री हुनुहुन्छ । उहाँले यी कुराहरुको संयोजन गर्नु नै हुनेछ ।” नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार