ख्याली सोरठीका अभियन्ता पुन सम्मानित ,सिद्धार्थ माविमा पुरस्कार तथा शैक्षिक सामाग्री वितरण (तस्विर सहित)

म्याग्दी  । सामाजिक संस्था बिएन्डबि फाउन्डेशनले म्याग्दीको मालिका गाउँपालिका –४ ,च्युरिबोटका ख्याली सोरठीका अभियान्ता मनबहादुर पुनलाई नगद सहित सम्मान गरेको छ । युके निवासी समाजसेवीद्धय बागबिर चोचाङ्गी पुन र बल बहादुर चोचाङ्गी पुनले स्थापना गर्नुभएकाे सो फाउन्डेशनले हरेक बर्ष विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तीलाई सम्मान गर्दै आएको छ ।अभियान्ता मनबहादुरलाई गाउँको पुख्र्यौली कला,संस्कृतीको जगेर्ना तथा संरक्षणमा महत्वपुर्ण योगदान पु¥याएकोमा दश हजार रुपैयाँ सहित प्रमाणपत्रले सम्मान गरिएको फाउन्डेशनले जनाएको छ। फाउन्डेशनको आयोजना तथा विद्यालयको व्यवस्थापनमा शुक्रबार एक कार्यक्रमका विच अभियन्ता पुनलाई सम्मान गरिएको सिद्धार्थ माविका शिक्षक छकप्रसाद घर्ति मगरले जानकारी दिनुभयो ।

यसैगरी ,सिद्धार्थ माविमा अध्ययनरत दुई जना जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरेको छ । कक्षा दशमा अध्ययनरत दिपा शर्मा र महेश पुनलाई जनही पाँच हजारको दरले दुई जनालाई दश हजार रुपैयाँँले पुरस्कृत गरेको छ । सोही अवसरमा फाउन्डेशनको १५ हजार र फुलकुमारी स्मृतीकोषबाट २० हजार रुपैयाँ सहित ३५ हजार रुपैयाँ बराबरको १८४ जना विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ । यसैगरी , खड्कलाल घर्ति मगरको स्मृतीमा उहाँका श्रीमति गंगा घर्ति मगर सहित माइला छोराबुहारी र कान्छा छोराबुहारीले विद्यालयमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । माइला छोराबुहारी रबहादुर/कमादेबीले एक लाख र कान्छा छोराबुहारी नरसिङ/दिलमाया घर्ति मगरले एक लाख  सहित दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएकाे शिक्षक  घर्ति मगरले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन र निमित्त प्रअ गणेश रेग्मी लगायत शिक्षकहरुले पुरस्कार तथा शैक्षिक सामाग्रि वितरण गर्नुभएको थियो ।

फाउन्डेशनले २०७३ देखी हरेक बर्ष गाउँका समाजसेवी तथा विद्यालयमा अध्ययनरत जेहेन्दार दुई जना विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ । शनिबार सम्पन्न कार्यक्रममा विद्यालयका अभिभावक पुरुष ,भुपु विद्यार्थी ,शिक्षक ,प्रौढ र विद्यालयमा अध्ययनरत विद्यार्थी विच मैत्रिपुर्ण भलिबल प्रतियोगिता सञ्चालन गरिएको थियो । भने अभिभावक महिलाहरु विच म्युजिकल चियर प्रतियोगिता आयोजना सम्पन्न गरिएको छ । प्रतियोगितामा विजेता र उपविजेतालाई नगद सहित पुस्कृत गरिएको शिक्षक घर्ति मगरले जानकारी दिनुभयो । सोही अवसरमा विद्यालयमा घेराबार निर्माणका लागि ९ लाख ९६ हजार रुपैयाँ सहयोग गरेको फ्रान्स स्थित सामाजिक संस्था नमस्ते ईन्फ्यान्टस द हिमालयलाई गाउँबासी र विद्यालयले धन्यवाद तथा आभार व्यक्त गरे । आठ लाख ५१ हजार चार सय ९८ रुपैयाँ घेराबार निर्माणमा खर्च भएको र बाँकी आर्थिक सहयोगबाट विद्यालयमा कम्प्युटर खरिद गर्ने विद्यालयका प्रअ ललितबहादुर घर्ति मगरले बताउनुभयो ।कार्यक्रममा समासेवी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार