गुल्मीमा दोस्रो चरणमा १८ हजार बढीलाई कोरोना खोप दिइने

गुल्मी । गुल्मीमा दोस्रो चरणमा लगाइने कोरोना भाइरस(कोभिड–१९)विरुद्धको खोपको तयारी पूरा भएको छ । फागुन २३ गतेदेखि ६५ वर्षका माथिका व्यक्तिहरुलाई दोस्रो चरणमा कोरोना खोप लगाउन सबै स्थानीय तहमा गरिएको तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका डा. भवानी शर्माले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले कोरोना खोपको तयारी बारे शुक्रबार एक कार्यक्रम गरेर सार्वजनिक गरेको हो । खोप लगाउन आवश्यक भ्याक्सिन सम्बन्धित स्थानीय तहमा पठाउन सुरु गरिएको स्वस्थ्य कार्यालयले जनाएको छ । जिल्लाका १२ वटा स्थानीय तहमध्ये दुइचरणका कोरोनाविरुद्धको खोप लगाइने भएको छ । माग अनुसार खोप आइनसकेकाले तत्काल सत्यवती, कालिगण्डकी, चन्द्रकोट, मुसिकोट, इस्मा, मालिका, मदाने र धुर्कोट गाउँपालिकामा खोप लगाइने भएको छ ।

दोस्रो चरणको अभियान १० दिनसम्म चल्नेछ । जिल्लाका १२ वटा स्थानीय तहका ९३ वटा वडामा रहेका स्वास्थ्य चौकीबाट खोप प्रदान गरिने डा। भवानी शर्माले बताए । जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने ६५ वर्षमाथिका १८ हजार ८८३ जना छन् । त्यसमध्ये हाल ११ हजार ८५० डोज कोरोनाविरुद्धको आएको जिल्ला स्वस्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

दुइचरण मध्ये दोस्रो चरणमा रुरुक्षेत्र, छत्रकोट, गुल्मी दरवार र रेसुङ्गा नगरमा लगाइने भएको छ । यो अभियानमा आबश्यक बाहेक यसअधि छुटेकाहरुलाई पनि लगाइने भएको छ । खोप लगाइसकेपछि कुनै पनि नकरात्मक असरहरु नभएकाले ढुक्क भएर खोप लगाउन डाक्टर शर्माले आग्रह गरे । यस अघि गुल्मीमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, निजामति कर्मचारी, जनपथ प्रहरी, सुरक्षा निकायसँग सम्बन्धित व्यक्ति र पत्रकारहरुले कोरोनाविरुद्धको खोप लगाएका थिए । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार