चिमखोलामा खेलमैदान निर्माण,पुर्वमन्त्री थापाद्धारा उद्घाटन

म्याग्दी।म्याग्दीको रघुगंगा गाउँपालिका– ७, चिमखोला स्थित धमाखुमा खेलमैदान निर्माण गरिएको छ । चालु आर्थिक बर्षमा संघिय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख र स्थानीयहरुको आर्थिक सहयोग र जनश्रमदानबाट घेराबार, शौचालयसहित ब्यवस्थित खेलमैदान निर्माण गरिएको हो ।

भुमे पुजाको अवसरमा मण्डली युवा क्लव चिमखोलाको आयोजना गरेको भुमेपुजा मेलाको अवसरमा सो खेलमैदानको बुधबार संघिय सांसद एवं पुर्वमन्त्री थममाया थापाले उद्घाटन गर्नुभयो ।ढलानसहितको खेलमैदानसंगै घेराबार, स्टेज, शौचालय र टहरा लगायतको पुर्वाधार संघ र प्रदेशका सांसद र स्थानीयहरुको सहयोग तथा जनश्रमदानबाट निर्माण भएको मण्डली युवा क्लवका सचिव भिम थापा मगरले जानकारी दिनुभयो । स्टेजसहितको खेलमैदान निर्माणले बास्केटबल, भलिबल लगायतको खेलकुद तथा साँस्कृतिक कार्यक्रम संचालन गर्न सहज भएको क्लवका सचिव थापाले बताउनुभयो ।

उहाँका अनुसार ,चालु आर्थिक बर्षमा रघुगंगा गाउँपालिकाले शौचालय तथा टहरा निर्माणमा ४ लाख ७५ हजार र स्थानीयको १ लाखको जनश्रमदानसहित ५ लाख ७५ हजारमा निर्माण गरिएको हो । वडा अध्यक्ष दुर्गाप्रसाद पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले म्याग्दीका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायत स्थानीय समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

संघ र प्रदेश रगाउँपालिकाबाट बजेट विनियोजन, स्थानीयको जनश्रमदान र आर्थिक संकलनबाट ८ वटै वडामा बास्केटबल र भलिबल लगायतको कार्यक्रम गर्न मिल्ने ढलानसहितको पक्की खेलमैदान निर्माणा गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । भुमे पुजाको अवसरमा टोपा नाच,थाली नाच, जुरेचल्ला र सर्मजाले र कलस जुधाउने देखाउनुको साथै ऐतिहासिक सेदो र भैच साईलाे लगायत गितहरु पनि गाइएको थियो ।मेलामा स्थानीय सांस्कृतिक तथा विभिन्न खेलकुदका कार्यक्रमहरु संचालन हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार