जुत्ताको तलुवामा चरेश लुकाएर भाइलाई कारागारमा भेट्न जाँदा पक्राउ परे दाइ

काठमाडौं । पर्साको वीरगञ्ज कारागारमा कैदीबन्दीलाई भेट्न आएका व्यक्ति १० ग्राम चरेशसहित पक्राउ परेका छन्। प्रहरीले मंगलबार बिहान साढे १० बजे सिन्धुपाल्चोकका २२ वर्षीय मिङ्मा शेर्पालाई पक्राउ गरेको हो।

उनी थुनामा रहेका २० वर्षीय भाइ लाक्पा शेर्पालाई भेट्न पुगेका थिए। उनले एउटा झोलामा दाइलाई दिनका लागि जुत्ता ल्याएको प्रहरी नयाब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए।

कारागार सुरक्षा गार्डले मिङ्मामाथि चेक गर्दा आफूले ल्याएको जुत्ताको तलुवाबाट १० ग्राम चरेशको धुलो भेटिएको थियो । उनका भाइ लाक्पा शेर्पालाई जिल्ला अदालत पर्साले लागुऔषध मुद्दामा पुर्पक्षको लागि थुनामा पठाएको थियो। मिङ्मा शेर्पालाई नियन्त्रणमा लिएर लागुऔषधको मुद्दामा थप अनुसन्धान गरिरहेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार