झुठो कम्पनी खडा गरेर ठगी गर्ने तीन जना राजस्व अनुसन्धानद्वारा पक्राउ

काठमाडौं । झुटो तथा नक्कली कम्पनी खडा गरेर नक्कली बिल प्रयोग गरेर राजस्व छल्ने तीन जनालाई राजस्व अनुसनधान विभागले पक्राउ गरेको छ । भरतपुरको सन्तोषी लोहनी जेभी र निर्माण सेवाका केशव कंडेल सहित ३ जना विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ । केशवराज कँडेलसहित ३ जनाबाट १ करोड ८९ लाख २७ हजार १ सय १२ रुपैया विगो असुल मागदावीसहित मुद्दा दायर भएको हो ।

झुट्टा तथा नक्कली मूअकर (मुल्य अभिबृद्धि कर) विजक प्रयोग गरी राजस्व छलि गर्ने भरतपुर महानगरपालिका स्थित सन्तोषी /लोहनी जे।भी।र सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालकर प्रबन्ध निर्देशक मुख्य कारोवारी यी कम्पनीले आर्थिक प्रलोभन देखाई सर्वसाधारण व्यक्तिहरुको नागरिकता र सहीछाप दुरुपयोग गर्दै राजस्व छली गरेका हुन् ।

साधारण व्यक्तिहरुको नाममा राजस्व चुहावट गर्ने उदेश्यले फर्महरु खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी झुठा तथा नक्कली मुअकर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

मुअकर तर्फ ६७ लाख ९५ हजार ६ सय ५६ रुपैयाँ र आयकर तर्फ १ करोड २१ लाख ३१ हजार ४ सय ५७ रुपैयाँ राजस्व चुहावट गरेको राजस्व अनुसन्धान विभागले भनेको छ । कारोबारी केशबराज कँडेल, सञ्चालक÷निर्देशक उज्वलराज कँडेल र लक्ष्मीकुमारी कँडेल समेत ३ जना विरुद्ध अदालतमा मुद्धा दायर भएको हो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार