धनुषामा कुकुरको टोकाइबाट १२ वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम । धनुषामा गएराति कुकुरको टोकाइबाट १२ वर्षीया बालिकाको मृत्यु भएको छ। कुकुरको टोकाइबाट जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ दर्जी टोलका मोहम्मद अख्तरकी १२ वर्षीया छोरी शिवरन खातुनको मृत्यु भएको हो।

राति करिब साढे १ बजे शौचका लागि बाहिर निस्केकी शिवरनलाई कुकुरले टोकेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

कुकुरले टोकेको केही बेरमै उनको मृत्यु भएको प्रवक्ता मिश्रले बताए। मृत्यु भएकी बालिकाको मानसिक अवस्था ठिक नरहेको धनुषा प्रहरीले जनाएको छ । बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको डिएसपी मिश्रले जानकारी दिए । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार