नयाँ व्यवस्थासहित एमाले संसदीय दलको विधान पारित

काठमाडौं ।संसदीय बोर्डको संख्या बढाउने लगायत केही नयाँ व्यवस्थासहित नेकपा एमालेले संसदीय दलको विधान पारित गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको एमाले संसदीय दलको बैठकले परिमार्जनसहित विधान पारित गरेको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।

शनिवार नै बस्ने केन्द्रीय समिति बैठकले विधान अनुमोदन गर्ने उनले जानकारी दिए । ‘नेपालको संविधान, एमालेको विधान र राजनीतिक दल सम्बन्धी ऐन अनुकूल हुने गरी विधान संशोधन गरेका छौं,’ भट्टराईले भने, ‘नयाँ व्यवस्थामा २७ सदस्य रहेको संसदीय बोर्डमा सदस्य संख्या २९ जना पुर्‍याउने र एकतिहाइ महिला रहने व्यवस्था भएको छ ।’

विधानमा संसदीय दलको उपनेता नेताले मनोनयन गर्ने व्यवस्था गरिएको छ ।यसअघि संघीय संसदका दुवै सदनका सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था भएकोमा अब प्रतिनिधि सभाका सांसदहरूले मात्र चयन गर्नेछन् ।लाेकान्तरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार