नेपालमा थपिए १५० जना कोरोना संक्रमित, ३ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १७ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ९९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार २० रहेको छ ।यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ रहेको छ । हालसम्म देशभर २२ लाख ४० हजार ९ सय ९८ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५१ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार