नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा खत्री चयन

बेनी । नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री चयन हुनुभएको छ । आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित दुर्गाराम सुबेदी दिर्घकालिन सेवा निवृत्त भएपछि उपाध्यक्षका रुपमा कार्यरत खत्रीलाई अध्यक्षमा चयन गरिएको संघले जनाएको छ । बेनीमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष सुबेदीले पद हस्तान्तरण गदैं म्याग्दी जिल्लामा शिक्षकको आन्दोलन र अभियानमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग र सहकार्य हुने प्रतिबद्धता जनाउनुभयो ।

खत्री जिल्लाको मालिका गाउँपालिका–६ दरबाङस्थित जनप्रिय माविमा अध्यापनरत हुनुहुन्छ । अध्यक्ष खत्रीले पेशागत हकहितका लागी संघमार्फत जिल्लामा महत्वपूर्ण भूमिका निर्वाह भएको बताउँदै आगामी दिनमा समेत शिक्षकलाई प्रोत्साहनका कार्यहरुलाई समेत थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।खत्रीले अन्य पेशागत संघसंस्थासँग मुद्धाका आधारमा सहकार्य गर्ने तथा शिक्षकलाई प्रोत्साहन सहित अभिनन्दनका कार्यक्रमहरुलाई निरन्तरता दिने समेत बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार