पेस्तोलसहित एकजना पुरुष पक्राउ

काठमाडौं । धनुषाबाट प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेशमान चार नाथ नगरपालिका–९ घर भएका ३२ वर्षीय प्रमोदकुमार यादव छन् ।

इलाका प्रहरी कार्यालय सवैला र प्रहरी चौकी बरमाझियाबाट खटिएको टोलीले उनको घरबाट एउटा पेस्तोल बरामद गरेको छ । उनीविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार