प्रथम मालिका महोत्सव स्थगित

म्याग्दी ।प्रथम मालिका महोत्सव अनिश्चितकालका लागि स्थगित हुने भएको छ ।म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा यही चैत २७ गते देखि आयोजना हुने भनिएको प्रथम मालिका महोत्सव कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको आयोजकले जनाएको छ ।

कोरोनाको दोस्रो लहरको जोखिम बढेकोले महोत्सव स्थगित गर्ने निर्णय गरिएको आयोजक म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाई समितिका अध्यक्ष लेक बहादुर पुनले जानकारी दिनुभयो ।मालिका गाउँपालिका भित्रका स्थानीय कला सँस्कृतीको जर्गेना तथा विकास, पर्यटन र व्यापारको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना संचालन गर्न लागिएको थियो ।महोत्सव नयाँ कार्यतालिको अर्को मिति कोरोना जोखिम कम भएपछि जानकारी गराईने उहाँले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार