प्रधानसेनापति थापाले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोप लगाएका छन्  । प्रधानसेनपति थापाले सोमबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

नेपालमा कोरोनाबाट अहिलेसम्म २ लाख ७४ हजार १ सय ४३ जना संक्रमित भएका छन् भने २ हजार ७ सय ७४ जनाको मृत्यु भएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार