बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप पक्राउ

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप मारिया बार्तोमेउ भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् ।

उनलाई भ्रष्टाचारको आरोपमा जोसेप सोमबार पक्राउ परेको इ–इस्पेन नेटले उल्लेख गरेको छ । जोसेप बारगेटे घोटालमा मुछिएका छन् ।बार्सागेट काण्डमा क्लबका वर्तमान तथा पूर्व खेलाडीले क्लबको आलोचना गरेपछि क्लबको उच्च पदमा रहेकाले योजनावद्ध ढंगले मिडियामा आक्षेप लगाएका थिए ।

जोसेपसँगै क्लबका मुख्य कार्यकारी अधिकारी, ऑस्कर ग्रू, जोसेपको पूर्व सल्लाहकार जौमे मासेफरर र कानूनी सल्लाहकार रोमन गोमेज पोन्तीलाई पनि क्याटालान प्रहरीले पक्राउ गरेको छ ।पूर्वउपाध्यक्ष इमिलीले बार्सिलोनाका केहि बोर्ड सदस्यले क्लबको रकम व्यक्तिगत प्रयोजनका लागि उपयोग गरेको आरोप लगाएका थिए ।

जोसेपले कानुनी उपचारमा जाने बताएपछि इमिलीले त्यसका लागि तयार भएको बताएका थिए । उनले आफूसँग भ्रष्टाचारको प्रमाण भएको समेत दाबी गरेका थिए ।सन् २०१४ मा क्लबको अध्यक्ष बनेका उनले आफ्नो कार्यकाल सकिनुअगावै गत कार्तिकमा राजीनामा दिएका थिए । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार