बेनीमा तीन महिने सिलाई कटाई तालिम सुरु

बेनी । बेनी नगरपालिकामा व्यवसायी सिलाई कटाई तालिम संचालन सुरु भएको छ । नगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रमको आयोजनामा सोमबारदेखी बेनीमा तीन महिने व्यवसायी सिलाई कटाई तालिम सुरु भएको हो । सो तालिमको नगरप्रमुख हरिकुमार श्रेष्ठले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । नगरप्रमुख श्रेष्ठले तालिममा प्राप्त सिपलाई उपयोग गरेर जिविकोपार्जन सुधारमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख श्रेष्ठको अध्यक्षता ,उप–प्रमुख सन्जु बरुवालको स्वागत र शाखा अधिकृत युवराज थापाले कार्यक्रमको संचालन गर्नुभएको थियो ।  तालिम आगामी असार ९ गते सम्म संचालन हुनेछ । तालिममा १५ जना महिलाहरु सहभागि छन् । उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार