बैंकको एटीएम फुटाइ नगद चोरी गर्न खोज्‍ने पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका-१४ खुमलटार र विशालचोकस्थित दुई वटा बैंकको एटीएम फुटाइ नगद चोरी गर्न खोजेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएका ३० वर्षीय भेषबहादुर थापा रहेका छन् ।

ललितपुर महानगरपालिका- १४ खुमलटारस्थित ग्लोबल आईएमई बैंकको एटिएम गत फागुन २८ गते राति र सोही ठाउँ विशालचोकस्थित सांग्रीला डेभलपमेन्ट बैंकको एटिएम चैत ९ गते फुटाई नगद चोरी गर्न खोज्ने कार्यमा संलग्न उनलाई ललितपुर महानगरपालिका-१४ ताल्छीखेलस्थित वर्कशपबाट घटनामा प्रयोग भएको बा.३५ प ६१५७ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध चोरी उद्योग सम्बन्धी कसूरमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार