मंगला गाउँपालिकामा हजार दिनका सुत्केरी आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण

बेनी । म्याग्दीको मंगला गाउँपालिकाले उपाध्यक्ष संग हजार दिनका सुत्केरी आमा कार्यक्रम मार्फत सुत्केरी महिलाहरुलाई पोषिलो खाना वितरण गरेको छ । गर्भवति, सुत्केरी, दुई वर्षसम्मका बच्चा र आमाको पोषण, सरसफाई र स्वास्थ्य सुधारका लागि सचेतना फैलाउन कार्यक्रम सुरु गरेको हो । कार्यक्रम मार्फत गर्भवति, सुत्केरी र बच्चाहरुको खानपान, स्याहार सुसार, सरसफाईका बारेमा जानकारी गराउनुका साथै सामग्री वितरण गर्न थालिएको उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा न. ३ र ४ का ६० जना आमाहरुलाई बच्चाको स्याहार सुसार र सरसफाइमा आवश्यक पर्ने नौ प्रकारका सामग्री बितरण गरिएको छ । गाउँपालिकाको पाँच वटै वडामा पुगेर गर्भवति र दुई वर्षसम्मका बच्चाका आमाहरुलाई अभिमुखीकरणका साथै स्वास्थ्य सामग्री बितरण गर्ने कार्यक्रम छ । तीन सय जनालाई सामग्री बितरण गर्ने लक्ष्य रहेको उपाध्यक्ष केसीले बताउनुभयो ।


हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बिनियोजन गरेको छ । गत वर्ष कोरोनाको जोखिम र लकडाउनका कारण कार्यक्रम सञ्चालन हुन सकेको थिएन् ।स्वास्थ्य शाखा संयोजक लेखनाथ रोका र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु वितरण कार्यक्रममा सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार