म्याग्दीमा निशुल्क आँखा शिविर सुरु

म्याग्दी । म्याग्दीमा निशुल्क आँखा जाँच शिविर सुरु भएको छ । सामाजिक काममा क्रियाशिल म्याग्दीका लायन्स क्लबको आयोजनामा ग्रामिण भेगका आँखा रोगका विरामीलाई लक्षित शिविर शुक्रबारदेखी सुरु भएको हो । पहिलो दिन रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा शिविर संचालन गरिएको लायन्स क्लव ३२५ बि १ नेपालका रिजन चियर पर्सन एवम् शिविरको मुल संयोजक लोकबहादुर पुन (लोकेश)ले बताउनुभयो । उहाँका अनुसार , अन्नपुर्णमा ८ जना र रघुगंगामा ९ जना मोतियाविन्दुका विरामी पहिचान भएका हुन् । त्यसैगरी चिमखोलामा आयोजित कार्यक्रममा ३ जना र गलेश्वरमा १२ जना मोतियाविन्दुका विरामी पहिचान भएका छन् ।

लायन्स क्लब अफ म्याग्दी दोभान र बेनी सिटीको सयुक्त आयोजनामा रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा शुक्रबारको शिविरमा तीन सय जनाले सेवा लिएका छन् । सो शिविरमा नेपाल नेत्र ज्योती संघ म्याग्दीको प्राविधिक सहयोग रहेको थियो । शिविरमा निशुल्क रुपमा आखाँ परिक्षण गर्दै औषधी वितरण गरिएको थियो ।

शिविरमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले ग्रामिण जनतालाई लक्षित गरेर संचालन गरिएको आखाँ शिविरबाट गरिव तथा विपन्न परिवारका सदस्यलाई राहत मिल्ने बताउदै आयोजकलाई धन्यवाद दिनुभयो । त्यस्तै वडाअध्यक्ष रिमबहादुर कटुवालले वडाभित्रका जनतालाई निशुल्क आखाँ उपचारमा खटिएका लायन्स क्लव र प्राविधिक टिमलाई धन्यवाद ब्यक्त गर्नुभयो ।लायन्स क्लव अफ म्याग्दी दोभानकी अध्यक्ष शर्मिला थापाको अध्यक्षता, बेनी सिटीका अध्यक्ष बानियाँका स्वागत मन्तव्य र दोभानकी सचिव प्रवित्रा केसीले संचालनमा भएको शिविरमा दोभानकी पुर्व अध्यक्ष अमृतादेवी बानियाँले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी, लायन्स क्लब अफ बेनी म्याग्दी र लायन्स क्लब अफ अन्नपूर्ण म्याग्दीको संयुक्त आयोजना तथा बेनी हस्पिटलको प्राबिधिक सहयोगमा अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आयोजित शिविरमा १८० जनाले सेवा लिएका छन् । शिविरको गाउँपालिका अध्यक्ष डक्याप्टेन डम बहादुर गर्बुजा पुनले उद्घाटन गर्नुभएको थियो । उहाँले विभिन्न कारण अस्पताल जान नसकेका ग्रामिण भेगका आँखा रोगीलाई शिविरले ठुलो राहत मिलेको बताउनुभयो ।लायन्स क्लव ३२५ बि वान नेपालका को–चिप एडभाइजर चन्द्रकुमार केसी, स्पेशल सेक्रेटरियट एडभाईजर सन्तोष रावल,लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो ।लायन्स क्लवमार्फत म्याग्दीमा सबै स्थानीय तहमा शिविर सञ्चालन पछि मोतियाविन्दुको समस्या भएका बिरामीलाई बेनी अस्पतालमा चैत्र १४ र १५ गते शल्यक्रिया गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार